श्रावण महिनालाई ध्यानमा राख्दै शिव मन्दिर संरक्षण समिति शिवखोलाको सभा सम्पन्न

IMG-20240715-WA0202

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोलामा रहेको शिव मन्दिर संरक्षण समितिको सभा सम्पन्न भएको छ। उक्त सभा सदन लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा विशेष गरेर श्रावण महिनामा मन्दिरमा आउने भक्तजनको आगमनलाई लिएर कतिपय निर्णयहरू गर्नलाई सभा गरिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै शिवखोला संरक्षण समितिको सचिव डीपी प्रधानले यसपालीको श्रावण महिनामा शिवखोलामा रहेको शिव मन्दिरमा भक्तजनको आगमनलाई लिएर मन्दिर संरक्षण समितिको सभा बसिएको अनि सभामा कतिपय महत्वपूर्ण निर्णयहरू गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार श्रावण महिनामा श्रध्दालुहरूलाई मन्दिरमा स्वागत छ भन्दै श्रध्दालुहरूका लागि मन्दिर संरक्षण समितिको तर्फबाट सबै प्रकारका व्यवस्थाहरू मिलाउने र कसैलाई केही असुविधा भएको खण्डमा मन्दिर संरक्षण समितिसित सम्पर्क गर्ने अनुरोध पनि गरेका छन्। मन्दिरमा श्रध्दालुहरूका लागि खाना, पानी, बस्ने व्यवस्था गरिने पनि प्रधानले जानकारी गराएका छन्। उनले शिवखोला मन्दिर परिसरमा वरिपरिका स्थानीयहरूले मन्दिर संरक्षण समितिको शर्तहरू पूरा गरेर दोकान खोल्न पाउने बताएका छन्। उनले मन्दिर परिसरमा मद मदिरा र माछा – मासु बिक्रीमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको पनि जानकारी गराएका छन्।

उल्लेखनीय छ शिवखोला क्षेत्र ग्रामीण पर्यटन र धार्मिक पर्यटनमा वर्तमानमा निक्कै बेसी प्रसिद्ध बन्दै गईरहेको छ भने यस श्रावण महिनामा श्रध्दालुहरू यहाँ अधिक मात्रामा आउने गर्छन्।

About Author

Advertisement