“श्रष्टा-सङ्गम” मुक्तक वाचन कार्यक्रम अनलाइन जुम मार्फत सम्पन्न

IMG-20250210-WA0244

सिलगढी: आइतबार “विनेसाम भारत शाखा”को आयोजनामा मासिक “श्रष्टा- सङ्गम” मुक्तक वाचन कार्यक्रम अनलाइन जुम मार्फत भव्यताका साथ सम्पन्न भयो।    उक्त कार्यक्रमको अध्यक्ष “विनेसाम भारत शाखा”का उपाध्यक्ष पेम नर्बु शेर्पा “ज्योति” गरे भने मुख्य अतिथि तथा समिक्षकको रूपमा नेपाल काठमाडौबाट वरिष्ठ साहित्यकार/ मुक्तककार सन्तोष  अम्गाई थिए। विशिष्ट अतिथिको रूपमा “विनेसाम विश्व केन्द्रिय समिति”की महासचिव सुनिता राई कन्दङ्वा थिए। कार्यक्रमको सञ्चालक  “विनेसाम भारत शाखा”का महासचिव  मोहन गौतमले गरेका थिए भने स्वागत सम्बोधन “विनेसाम भारत शाखा”का सक्रिय सदस्य “ज्ञानकुञ्ज मुक्तक पाठशाला”का गुरु आदरणीय फिराक गोर्खालीले राखे।

मुक्तक वाचन गर्ने स्रष्टाहरू क्रमैले ,प्रह्लाद दवाडी लिङ्गमो सिक्किम, अचल पोख्रेल याङगाङ द सिक्किम, (उपाध्यक्ष विनेसाम भारत शाखा ) विनोद खाती,  मिरिक दार्जीलिङ, (विश्व केन्द्रीय समिति विनेसाम, कोषाध्यक्ष विनेसाम भारत शाखा)देविका मंग्राती राई  सिलगडी, सरोजिनी  ‘सागर’  खरसाङ, द्वारिका बराइली धमला  खरसाङ, कल्पना शर्मा ढुङ्गेल गमिरि विश्वनाथ असम, विनोद छेत्री राणाकुँवर देन्ताम द० सिक्किम गरी जम्मा आठ जना स्रष्टाहरूले चोटिला ,पोटिला र बान्किला मुक्तकरू वाचन गरे।    उक्त  कार्यक्रममा विनेसाम भारत शाखाका सल्लाहकार प्राध्यापक नवीन पौड्याल,  उपाध्यक्ष सीता छेत्री, प्रचार सचिव हन्नाह छेत्री, ज्ञानकुञ्ज मुक्तक पाठशाला विनसाम भारत शनखाकी गुरुआमा श्रीमती गीताश्री शर्मा, सक्रिय सदस्य गजलकार बि०के० मुखिया लगायत अन्य भाषा साहित्य प्रेमी मनहरूको बाक्लो उपस्थिति रहेको थियो।   कार्यक्रममा मुख्य अतिथि/समीक्षकले आफ्नो वक्तव्यमा विनेसाम भारत शाखाले निम्त्यएकोमा खुशी जाहेर गर्दै मुक्तकको सैद्धान्तिक पक्षलाई प्रकाश पार्दै सबै मुक्तककारहरूको मुक्तक लेखनमा उल्लेखनीय प्रगति  भएकोमा  सन्तोषजनक  समिक्षात्मक टीका टिप्पणी गरे। कार्यक्रमका सभाध्यक्ष पेम नर्बु शेर्पा “ज्योति”ले आफ्नो सम्बोधनमा सहभागी स्रष्टाहरू लगायत सबैको उपस्थितिले कार्यक्रम सफलिभुत भएकोमा मुक्तकण्ठले प्रशंसा गर्दै सबैला बधाई दिदैँ भाषा साहित्यको उत्तरोत्तर प्रगतिको कामना गरे।  कार्यक्रमको अन्तमा विनेसाम भारत शाखाका संगठन सचिव विजय मुखिया “बिम्ब”ले धन्यवाद ज्ञापन ज्ञापन गरेको मोहन गौतमले जानकारी गराएका छन्l

About Author

Advertisement