दार्जीलिङ: चार बुँदे मागलाई केन्द्र गरी श्रमिक संगठनहरु पुन: आन्दोलनमा ओर्लने दार्जीलिङ जिल्ला चिया कमान मजदुर युनियनले चेताउनी दिएको छ। निम्नतम रोजदर, पर्जापट्टा, रहल चिया बोनसलगायत ६० वर्षको अवकाश समयसीमा अनि पेन्सन बडोत्तरीको दावीमाथि समयोचित सम्बोधन नभए पहिलो पत्ती मुखमा चिया उद्योग अस्थिर हुने सङ्केत देखापरेको छ। उक्त अडानलाई लिएर सीटु आबद्ध दार्जीलिङ जिल्ला चिया कमान मजदुर युनियनद्वारा आज सहश्रमायुक कार्यालयअघि धर्ना प्रदर्शनी गर्दै ज्ञापन चडाएको बताउँदै समन पाठकले यस आशयको मत व्यक्त गरेका छन्।








