श्रमिकहरूको लागि सीएसपी उद्घाटन

IMG-20220527-WA0109.jpg

कालचिनी। वर्तमान समय सबै डिजिटल हुँदै आइरहेको छ भने आधुनिक ब्याङ्क परिसेवाको व्यापकता सहरबाट गाउँ बस्तीहरूसम्म पुग्ने र पुऱ्याउने क्रममा चियाबारी क्षेत्रहरूमा पनि अहिले ब्याङ्क परिसेवा द्रुत गतिमा शुरु हुन थालेको छ।
यस क्रममा आज कालचिनी खण्डको भाटपाड़ा चियाबारीको बी डिभिजनमा एसबीआईको सीएसपी अर्थात मिनि ब्याङ्क परिसेवा आरम्भ भएको भाटपाड़ा चियाबारीको सिनियर प्रबन्धक एसएन पाण्डेले जनाएका छन्।

आज यस क्रममा सीएसपी प्रमुख कस्यप लामाको उपस्थितिमा कमानको सिनियर प्रबन्धक एसएन पाण्डेले फित्ता काटेर सीएसपीको उद्घाटन गरेको थियो भने सिनियर प्रबन्धक साथै सहायक प्रबन्धक कृष्ण बर्मन लगायत अन्यान्य प्रबन्धकगण, कमानको स्टाफ नवीन लामा एवम् कमानको ट्रेड यूनियन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
भाटपाड़ा चियाबारीको प्रायः १८०० श्रमिकहरूको वेतन खातामा सोझै उनीहरूको पाक्षिक तथा मासिक वेतन उनीहरूको खातामा ट्रान्सफर हुने साथै ब्याङ्कको अन्यान्य सुविधाहरू पनि श्रमिक खाता धारकहरूले पाउने कमानको सिनिसर प्रबन्धक एसएन पाण्डेले जनाएका छन्।
यस अघि गत बर्ष नै भाटपाड़ा ए अच्छापाड़ामा पनि यस्तै ब्याङ्कको सीएसपी खोलिएको थियो भने आजदेखि भाटपाड़ा बी डिभिजनको अस्पताल परिसरमा एसबीआईको सीएसपी उद्घाटन गरिएको सिनियर प्रबन्धक एसएन पाण्डेले जनाएका छन्।

आज यस क्रममा श्रमिकहरूको लेनदेन पनि उक्त सीएसपी मार्फत गरिएको थियो भने सीएसपी प्रमुख कस्यप लामाले सीएसपीमा ब्याङ्कको सबैखाले लेनदेन हुने र श्रमिकहरूलाई हेमिल्टनगञ्ज मूख्य शाखामा गएर लाईनमा बस्न नपर्ने सुविधा उपलब्ध हुने जनाएका छन्।

About Author

Advertisement