सरकारले नबनाएपछि स्थानीयहरुको श्रमदानद्वारा यो पुल निर्माण गरिएको हो: अजय एडवर्ड्स
खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सद्वारा स्थानीयहरुको श्रमदानद्वारा निर्माण गरिएको मार्गरेट्स होपमुनितिर बाँसघारी र कफीबारीलाई जोड्ने परिवर्तन पुलको उदघाटन गरेका छन्। मार्गरेट्स होपमुनितिर रहेको बाँसघारी र कफीबारीलाई जोड्ने परिवर्तन पुल नामक झोलुङ्गे पुलको उदघाटन गरेका छन्। उक्त झोलुङ्गे पुल स्थानीयहरुले श्रमदान गरेर छ महिना लगाएर निर्माण गरिएको छ। यस झोलुङ्गे पुलको उदघाटन कार्यक्रमलाई ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सले सम्बोधन गर्दै भने, यो परिवर्तन पुल स्थानीयहरुको श्रमदानद्वारा निर्माण गरिएको हो र यसको सम्पूर्ण श्रेय स्थानीयहरुलाई नै जान्छ। स्थानीय मानिसहरुले लामो समयसम्म यहाँ पुल निर्माणको लागि सरकारको आशा गरेर पर्खिरहे पनि सरकारले बनाई दिएन र स्थानीयहरुको श्रमदानद्वारा यो पुल निर्माण गरिएको हो। यो परिवर्तन पुल छ महिना लगाएर निर्माण गरिएको हो।’

अजय एडवर्ड्सले खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईको लागि स्थानीयहरुलाई भोटको अपिल गर्दै सेतो केश भएकोलाई होइन तर कालो केश भएको बहिनीलाई भोट दिएर जिताउने आह्वान् गरेका छन्। उनले यस परिवर्तन पुलको निर्माणमा श्रमदान गरेर साथै सामानहरु दिएर सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। यस पुल उद्घाटन कार्यक्रममा खरसाङ विधानसभा समष्टिकी उम्मेद्वार बन्दना राईले सम्बोधन गरेका थिए। यस परिवर्तन पुलको उदघाटन कार्यक्रममा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको वरिष्ठ सदस्य एनबी खवास लगायत केन्द्रीय र स्थानीय नेतृत्वहरु उपस्थित रहेका थिए। स्थानीयहरुको श्रमदानद्वारा निर्माण गरिएको यस परिवर्तन पुलले स्थानीयहरुलाई धेरै सुविधा हुने भएको छ। यस पुलको निर्माण साथै उदघाटन गरिएकोमा स्थानीयहरुले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सलाई धन्यवाद दिएका छन्।









