श्रद्धाञ्जली कार्यक्रममा कर्मरिञ्जिङ भोटिया संसद भवन जाने।

NYKS.jpg

गान्तोक: नेहरू युवा केन्द्र सङ्गठन, पूर्व सिक्किमका कर्मरिञ्जिङ भोटिया नेहरु युवा केन्द्र आगामी १९ नोभेम्बरको दिन भारतीय संसद भवनको केन्द्रिय सभागारमा आयोजन हुने राष्ट्रिय नेताहरूलाई श्रद्धाञ्जलि कार्यक्रममा भाग लिनेछन्। आजादीको अमृत महोत्सव अन्तर्गत आयोजन हुने कार्यक्रममा देशभरीका ५० जना यस्ता प्रतिभागीले नयाँ दिल्लीको संसद भवनको केन्द्रिय सभागारमा पुष्पाञ्जलि अर्पण गर्ने कार्यक्रममा भाग लिनेछन्। यी ५० प्रतिभागीमध्ये २० जनाले पूर्व प्रधानमन्त्री स्व. श्रीमती इन्दिरा गान्धीको जीवन अनि दर्शनबारे विचार व्यक्त गर्नेछन् भनी पीआईबीले जानकारी दिएको छ।

About Author

Advertisement