छुटटै राज्य गोर्खाल्याण्डको निम्ति अब बौद्विक आन्दोलनको तयारी गर्न पर्छ: अजय एडवार्डस
दार्जीलिङ: एकता नै बल हो भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गोर्खा स्वाभिमान संघर्ष को गोर्खा एकताको लक्ष्य सफल भएको बताए। शहरको क्यापिटल हलको प्रांगनमा गोर्खा स्वाभिमान संघर्षले जनसभाको आयोजना गरेको थियो अनि आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले शोषणदेखि उन्मुक्ति …. किनवेच देखि उन्मुक्ति … को नारा लगाए।तिनले अधि भने गोर्खा स्वाभिमान संघर्षको लक्ष्य गोर्खा एकता हो अनि हामी गोर्खा एकताको लक्ष्यमा सफल भएका छौ एडवार्डसले भने। हामी गोर्खाहरू एकबद्व भए हामी सवै थोक गर्न सक्छौ। दार्जीलिङलाई गोर्खाहरूको मुटु मान्ने गर्छ तर गोर्खाको मुटु मानिने दार्जीलिङको युवाहरूले गोर्खाको स्वाभिमान खोज्न पर्दैछ। गोर्खा स्वाभिमान संघर्षको यो मंचलाई धेरै नेताहरूले गाली गर्ने मंच समेत भन्ने गरेका छन।तिमीले जाति विगार्ने काम गरेका छौ त्यसकारण तिमीलाई तिम्रो करतू देखाउँने काम गरेको हो। जीटीए सभाको चूनावमा दार्जीलिङमा पराजय हुन पूगेपछि पहाडको प्रायः क्षेत्रहरूको जनताले मलाई मन पराए तर दार्जीलि²ङको जनताले मलाई मन पराएन, अब म दार्जीलिङबासीको सेवा गरेर मन जित्ने छु भन्ने अनित थापा दाजुले भनेका थिए तर अनित दाजुले दार्जीलिङबासीको सेवा गर्न त टाडोको कुरा रूपियाँ पैसाको प्रलोभनमा दुई जनसभा किन्ने काम गरयो, त्यसपछि तूरून्तै नगरपार्षदहरू किन्यो तर आजसम्म दार्जीलिङबासीको एकै जना जनताको मन जित्न पनि सफल हुनु भएको छैन। जनताको माया गर्नु हुन्छ भने जीटीए मुख्यलयमा बस्नु होस, जनताको दुखेसो सुन्नु होस तपाई जीटीए मुख्यलयमा बस्नु होस। तर दाजूले विकाशको निम्ति आएको बजेट नेता हरू किन्दै सिद्वाई सके होला अनि के बस्थे होला कार्यलयमा एडवार्डसले भने।

जीटीए चूनावमा जीत हासिल गरेपछि अनित थापा दाजु जनतालाई धन्यबाद दिनु गएनन तर कोलकता गएर सरकारको अधि घुडा टेकेर तपाईको साथ कहिले छोडदिना भन्दै त्यहाँ पो धन्यबाद दिनु पूग्यो। अनित दाजुको यस्तो करतूले पहाडको जनताले शंख गर्न थालेको छ एडवार्डसले भने।सम्बोधनको क्रममा अध्यक्ष एडवार्डसले भारतीय जनता पार्टीलाई हामीलाई १५ बर्ष दियौ तर आजसम्म भाजपाले हाम्रो लागि केही गरेनन। केन्द्रको भाजपा सरकारले गोर्खाहरूलाई हामीले न्याय दिएका छैनन।अब हामीले छुटटै राज्य गोर्खाल्याण्डको निम्ति बौद्विक आन्दोलन गर्न पर्छ। अहिले उतर बंगाल राज्यको हल्ला चल्दैछ तर उतर बंगाल राज्य भए हामी गोर्खाहरूलाई केही हुने छैन’ एडवार्डसले भने।










