शेर्पा एसोसिएसन खरसाङद्वारा विश्व विख्यात पर्वतारोही तेन्जिङ शेर्पाको जन्म जयन्ती पालन

00-1-A-News-3

खरसाङ: आज शेर्पा एसोसिएसन खरसाङको आयोजनामा शेडुप दर्गेलिङ गुम्बा हलमा विश्व विख्यात पर्वतारोही तेन्जिङ शेर्पाको जन्म जयन्ती खूबै भव्य रुपमा पालन गरियो। कार्यक्रमको अध्यक्षता शेर्पा एसोसिएसनका सभापति दावा शेर्पाले गरेका थिए। सर्वप्रथम खेन्पो पासाङ दावा शेर्पाको बेहुलीबाट दिप प्रज्वलन साथै केक कटेर कार्यक्रम आरम्भ गरियो। लामा निमा लामादारा तेन्जिङ नोर्गेको तस्वीरमा खदा अर्पण गरेपश्चात क्रमैले सबैले खदा माला अर्पण गरे। कार्यक्रमलाई सम्बोधन सभासद श्याम शेर्पाले गरे भने तेन्जिङ शेर्पाको योगदान बारे जानकारी पासाङ लकी शेर्पाले दिइन् सभाध्याक्ष दावा शेर्पाले पनि आफ्नो सम्बोधन राखे। कार्यक्रम सञ्चालन पासाङ शेर्पाले गरेका थिए। आजको यस कार्यक्रमा सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको थियो।

About Author

Advertisement