काेलकाता: प्रवर्तन निदेशालय (ईडी)- ले सन्देशखाली मामिलाका अभियुक्त शेख शाहजहाँको लगभग १४ करोड़ रुपियाँको सम्पत्ति जफत गरेको छ। यसमा जमीन र ब्यांक जम्मा सामेल छ। सूत्र अनुसार शाहजहाँको परिवारको सम्पत्तिहरली पनि जफत गरिएको छ। यसपूर्व यसै मामिलामा लगभग १२.५ करोड़ रुपियाँको सम्पत्ति जफत गरिएको थियो।
शाहजहाँ बाहेक उनका भाइ आलमगीर शेखको पनि सम्पत्ति ज़फत गरिएको छ। ईडीले जमीन कब्जा गर्ने अनि त्यहाँ भेड़ा, माछा पालन गरेर कालो धनलाई सेतो बनाएका आरोपहरूको जाँच गरिरहेको छ। सूत्रले बताएको छ, भ्रष्टाचारको पैसा जहाँ-जहाँ पुगेको छ, सम्पत्ति खरिद गरिएको छ, ब्यांकहरूमा राखिएको छ, हाल ती सबै सम्पत्तिलाई जफत गरिएको छ।

यसपूर्व गत ५ मार्चमा प्रवर्तन निदेशालयले प्रिभेन्शन अफ मनी लण्ड्रिंग एक्ट वा पीएमएलए अन्तर्गत शाहजहाँको १२.७८ करोड़ रुपियाँको सम्पत्ति जफत गरेको थियो। ईडीले बताएको छ, शाहजहाँका विभिन्न अपराधहरूबाट अर्जित धनको निवेश अचल सम्पत्ति खरिद्नमा गरिएको थियो। १४ अचल सम्पत्ति पनि प्राप्त भएको छ जसमा सन्देशखाली र कोलकातामा रहेको शाहजहाँको अपार्टमेन्ट, कृषि भूमि, मत्स्य पालन भूमि, आवासीय क्षेत्रमा भूमि लगायत अन्य सम्पत्तिहरू सामेल छन्।








