बंगाल: शेख शाहजहाँको पक्राउ पछि सुभेन्दु अधिकारीको बयान

Shubendu-Adhikari-4

कोलकाता: भाजपानेता तथा विधानसभामा विपक्षी नेता सुभेन्दु अधिकारीले तृणमूल कांग्रेसनेता शेख शाहजजहाँको पक्राउमा प्रतिक्रिया जनाएका छन्l उनले भने, ‘यो पक्राउ होइन, यो आपसी समायोजन होl उनलाई केन्द्रीय निकायले आफ्नो हिरासतमा नलिएसम्म जनताले न्याय पाउने छैनन्l’ अधिकारीले कटाक्ष गर्दै भने, ‘शाहजहाँले जेलभित्रबाटै मोबाइल फोन चलाउने र त्यहाँबाट क्षेत्रको नियन्त्रण गर्ने पाँच तारे सुविधाहरू पाउनेछन्l’ सन्देशखालीमा तनावको बीचमा शेख शाहजहाँलाई आज बिहान पश्चिम बंगाल पुलिसले पक्राउ गरेको होl

About Author

Advertisement