शुरुवाती सफलताको हावालाई आफूमाथि हावी हुन दिएनौंः निकी प्रसाद

IMG-20250203-WA0175

कुआलालम्पुर: भारतीय कप्तान निकी प्रसादले महिला अण्डर-१९ टी२० वर्ल्ड कपमा खिताबी जीतलाई विशेष क्षण बताउँदै टीमलाई यो सफलता खेलाड़ीहरूकी धैर्य र काम प्रति समर्पणले गर्दा प्राप्त भएको बताइन्। भारतले टुर्नामेण्टमा आफ्नो उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै आइतवार दक्षिण अफ्रिकालाई सजिलैसँग ९ विकेटले पराजित गरी दोस्रोपल्ट अण्डर-१९ महिला टी२० वर्ल्ड कप जित्यो। बायुएमास ओवल मैदानमा टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकी टीम २० ओभरमा केवल ८२ रन बनाएर अलआउट भयो। त्यसपछि भारतले ११.२ ओभरै १ विकेटमा ८४ रन बनाएर सजिलै म्याच जित्यो। ओपनर गोनगाडी त्रिशाले अविजित ४४ र सानिका चाल्केले अविजित २६ रन बनाइन्। पुरस्कार समारोहमा भारतीय कप्तान निकीले भनिन्, हामीले धैर्य कायम राख्ने कोशिश गऱ्यौं। टुर्नामेण्टको शुरुवाती म्याचहरूमा जीत हासिल गरेपछि हामीले सफलताको हावालाई आफूमाथि हावी हुन दिएनौं। हामी आफ्नो काम गर्न चाहन्थ्यौं। हामी फाइनल जितेर आफ्नो क्षमता देखाउन चाहन्थ्यौं।

हामीलाई असाधारण सुवाधिहरू उपलब्ध गराइएकोमा बीसीसीआईलाई धन्यवाद। म यहाँ उभिएर खुशी छु अनि भारत यस खेलको शीर्षमा रहेको सुनिश्चित गरिरहेको छु। यो विशेष क्षण हो। भारतीय कप्तानले भनिन्, हामी आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न यहाँ आएको कुरा मैले टुर्नामेण्टको शुरुवातमै भनेकी थिएँ। हामी आफ्नो टीम शीर्षमा रहोस् भन्ने सुनिश्चित गर्न चाहन्थ्यौं। दक्षिण अफ्रिकाले टुर्नामेण्टमा वास्तवमा असल प्रदर्शन गरेको छ। फाइनलमा पनि उनीहरूविरुद्ध प्रतिस्पर्धा गर्नु असाधारण अनुभव रह्यो।

About Author

Advertisement