शुभमन गिलको कप्तानीमा न्यूजील्याण्डविरुद्ध वनडे सीरीजको निम्ति भारतीय टीमको घोषणा

IMG-20260103-WA0133

नयाँ दिल्ली: न्यूजील्याण्डविरुद्ध ११ जनवरीदेखि शुरु हुने ३ वटा वनडे म्याचको सीरीजको निम्ति शनिवार भारतीय क्रिकेट टीमको घोषणा गरियो। शुभमन गिल कप्तानको भूमिकामा फर्किएका छन् जबकि श्रेयस अय्यर उपकप्तान हुनेछन्। यसबीच बीसीसीआई-ले सेण्टर अव् एक्सीलेन्सबाट फिटनेस सर्टिफिकेट पाएपछि मात्र श्रेयस मैदानमा देखिने पनि स्पष्ट गरेको छ। नयाँ सालको शुरुवात भारतीय क्रिकेट प्रशंसकहरूका निम्ति खास रहनेछ। उनीहरूले रोहित शर्मा र विराट कोहलीलाई फेरि एकपल्ट मैदानमा खेलिरहेको देख्न सक्नेछन्। यी दुईले हालै दक्षिण अफ्रिकाविरुद्ध ३ वटा वनडे म्याचको सीरीजमा असाधारण प्रदर्शन गरेका थिए। अब यी दुईजना फेरि एकपल्ट मैदानमा फर्किन तयार छन्। यस टीममा युवा ब्याटर रुतुराज गायकवाड़लाई चाहिँ सामेल गरिएन। उनले दक्षिण अफ्रिकाविरुद्ध रायपुरमा खेलिएको म्याचमा असाधारण शतक बनाएका थिए। त्यसपछि पनि चयनकर्ताहरूले उनलाई टीमबाट बाहिर गरे। घरेलु क्रिकेटमा निरन्तर असल प्रदर्शन गर्ने सीनियर पेस बलर मोहम्मद शमीले पनि टीममा स्थान पाएनन्। यसबीच चयनकर्ताहरूले अलराउण्डर हार्दिक पाण्ड्या र पेस बलर जसप्रीत बुमराहलाई विश्राम दिएको छ। यी दुईजनालाई फरवरीमा टी२० वर्ल्ड कपमा भारतको प्रतिनिधित्व गरिरहेको देखिनेछ।
वनडे टीममा पेस बलर मोहम्मद सिराज फर्किएका छन्। उनले आफ्नो अन्तिम वनडे म्याच अष्ट्रेलियाविरुद्ध खेलेका थिए। त्यसपछि दक्षिण अफ्रिकाविरुद्ध सीरीजमा उनलाई टीममा स्थान दिइएको थिएन। अब उनलाई न्यूजील्याण्डविरुद्ध खेलिरहेको देखिनेछ। पेस बलिंगको निम्ति चयन समितिले सिराजको साथमा अर्शदीप सिंह, हर्षित राणा र प्रसिद्ध कृष्णामाथि भरोसा देखाएको छ। यसरी स्पिन आक्रमणको अगुवाई कुलदीप यादवले गर्नेछन्। उनको साथमा स्टार अलराउण्डर रविन्द्र जडेजा र वाशिंगटन सुन्दर पनि रहनेछन्। टीममा नीतीश कुमार रेड्डीलाई पनि स्थान दिइएको छ। भारत र न्यूजील्याण्डबीच वनडे सीरीजको पहिलो म्याच ११ जनवरीमा बडोदरामा खेलिनेछ। त्यसपछि अन्तिम २ वटा म्याच १४ र १८ जनवरीमा खेलिनेछ।
न्यूजील्याण्डविरुद्ध वनडे सीरीजको निम्ति भारतीय टीम यसप्रकार रहेको छः
शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, केएल राहुल (विकेटकीपर), श्रेयस अय्यर (उपकप्तान), वाशिंगटन सुन्दर, रविन्द्र जडेजा, मोहम्मद सिराज, हर्षित राणा, प्रसिद्ध कृष्णा, कुलदीप यादव, रिषभ पन्त (विकेटकीपर), नीतीश कुमार रेड्डी, अर्शदीप सिंह, यशस्वी जयसवाल।

About Author

Advertisement