नयाँ दिल्ली: वर्तमान समयमा केवल एकजना टेनिस खेलाड़ीले शीर्ष वरीयता प्राप्त यानिक सिनरलाई पुरुष एकलमा लगातार पराजित गरिरहेका छन्। त्यस खेलाड़ीको नाम हो कार्लोस अल्कारेज। आइतवार इटालियन ओपन टेनिस टुर्नामेण्टको फाइनलमा पनि स्पेनका अल्कारेजले स्थानीय खेलाड़ी सिनरलाई ७-६ (५), ६-१-ले पराजित गरे। टुर्नामेण्टमा यो अल्कारेजको पहिलो खिताब हो। यस क्ले कोर्ट टुर्नामेण्टमा ट्रफी जित्नको साथै यस महिना शुरु हुने फ्रेञ्च ओपनको निम्ति उनले आफ्नो दावेदारीलाई मजबूत गरे। गत सालको शुरुवातदेखि लिएर अहिलेसम्म अल्कारेज एकमात्र टेनिस खेलाड़ी हुन् जसले सिनरलाई एकाधिकपल्ट पराजित गरेका छन्। उनले इटलीका खेलाड़ीलाई लगातार ४ पल्ट पराजित गरेका छन्। फोरो इटालिको कोर्टमा विश्वका नम्बर एक खेलाड़ी सिनरलाई पराजित गरेर अल्कारेजले फेरि एकपल्ट आफ्नो क्षमता प्रदर्शित गरे। यस हारको साथै सिनरको लगातार २६ वटा म्याचदेखि जारी अजेय अभियान पनि समाप्त भयो। सिनरले गत वर्ष अक्टोबरदेखि एउटा म्याच पनि हारेका थिएनन्। यस म्याचअघि सिनर अन्तिमपल्ट चाइना ओपनमा हारेका थिए अनि त्यस समय पनि अल्कारेजले नै उनलाई पराजित गरेका थिए। अल्कारेज र सिनरबीच अहिलेसम्म ११ वटा म्याच खेलिएको छ, जसमा स्पेनिश खेलाड़ीले ७ वटा म्याच जितेका छन्। इटालियन ओपनको खिताब जित्न नसक्दा सिनरलाई सामान्य निराश देखियो। तीन महिनाको डोपिंग प्रतिबन्धपछि यो उनको पहिलो टुर्नामेण्ट थियो। यसको विपरीत अल्कारेजले ट्रफी जितेर फ्रेञ्च ओपनको तयारी पनि पूरा गरे। स्पेनिश खेलाड़ी यस ग्राण्ड स्ल्यामको वर्तमान च्याम्पियन हुन्। उनले गत वर्ष फाइनलमा जर्मनीका अलेक्जेण्डर ज्वेरेवलाई पराजित गरेका थिए।









