शिलाङमा भयावह आगलागी

WhatsApp-Image-2023-12-02-at-09.43.13-1.jpeg

शिलाङ: मेघालयको राजधानी शिलाङको गाड़ीखानामा लागेको भयावह आगोमा लाखौंको सम्पत्ति जलेर खरानी भयो। पुलिस अनुसार, यो आगो शिलाङको गाड़ीखानामा मेजिक कुक फ्लोर मिलमा हिजो अबेर राति लाग्यो। आगो लागेको कारणको अहिलेसम्म पत्तो लागेको छैन। आगो लागेको सूचना पाएर घटनास्थलमा पुगेको अग्निशमन विभागका गाड़ीहरूका साथ विभागको टीमले अथक प्रयासपछि आगो निभायो। यद्यपि, आगोमा कोही हताहत भएको सूचना छैन।

About Author

Advertisement