शिफेंगलाई पराजिक गरी लक्ष्य सेन अल ईंग्ल्याण्ड च्याम्पियनशीपको सेमिफाइनलमा

IMG-20260307-WA0071

बर्मिंघम: भारतका लक्ष्य सेनले असाधारण प्रदर्शन गर्दै चीनका पूर्वन च्याम्पियन ली शिफेंगलाई सीधा गेममा पराजित गरी १,४५०,००० डलर पुरस्कार राशि भएको अल ईंग्ल्याण्ड ब्याडमिण्टन च्याम्पियनशीपको सेमिफाइनलमा प्रवेश गरे। विश्वका १२औं नम्बरका भारतीय खेलाड़ी सेनले चीनका विश्वका छैटौं नम्बरका खेलाड़ी शिफेंगलाई ठीक १ घण्टामा २१-१३, २१-१६-ले पराजित गरे। सेमिफाइनलमा लक्ष्यको भिड़न्त क्यानाडाका भिक्टर लाईसँग हुनेछ, जसले अन्य एउटा क्वार्टर फाइनल म्याचमा जापानका कोकी वातानाबेलाई १८-२१, २१-१७, २१-१५-ले पराजित गरे। यस प्रतिष्ठित टुर्नामेण्टमा लक्ष्य तेस्रोपल्ट सेमिफाइनलमा पुगेका छन्। उनी २०२२-मा यहाँ उपविजेता रहेका थिए। म्याचपछि लक्ष्यले भने, म दुवै गेममा आफ्नो प्रदर्शनसँग खुशी छु। शिफेंगलाई पनि श्रेय जान्छ कारण उनले साँच्चै असाधारण खेल देखाए। केही लामो ऱ्यालीहरू चल्यो अनि हामी दुवै थकित थियौं तर म अन्तसम्म डटेर बसे। यसैकारण जीत हासिल गरेर खुशी छु। प्रशिक्षकले पनि मलाई लामो ऱ्यालीहरूका निम्ति अतिरिक्त तयारी गर्ने निर्देश दिएका थिए कारण थकित भएर गल्तीहरू हुने गर्छ।

About Author

Advertisement