शिन्जो आबेको मृत्युका कारण भारतमा राष्ट्रिय शोक

PM-Modi-and-Shinzo-Abe

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका पूर्व प्रधानमन्त्री शिन्दो आबेको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। आफ्नो मिलनसार साथीको निधनले देश शोकमा डुबेको छ। भारतले एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। आबेका नजिकका साथी प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीटमा भनेका छन्, ‘म मेरो एक प्रिय मित्र शिन्जो आबेको दुखद निधनले स्तब्ध र दुखी छु। उनी एक महान वैश्विक राजनीतिज्ञ, एक उत्कृष्ट नेता र एक उल्लेखनीय प्रशासक थिएl उनले आफ्नो जीवन जापान र विश्वलाई राम्रो ठाउँ बनाउन समर्पित गरे। जब मैले उनलाई अन्तिम भेट गरें, मलाई थाहा थिएन कि उनीसँग मेरो अन्तिम भेट हुनेछl’ ट्विटको शृंखलामा आफ्नो व्यथा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘शिन्जो आबेसँग मेरो सम्बन्ध धेरै वर्ष पुरानो थियो। मैले उनलाई गुजरातको मुख्यमन्त्रीको कार्यकालमा चिनेको थिएँ र म प्रधानमन्त्री भएपछि पनि हाम्रो मित्रता कायम रह्यो। अर्थतन्त्र र विश्वव्यापी मामिलाहरूमा उनको तीखो अन्तर्दृष्टिले मलाई सधैं गहिरो छाप छोडेको छl’

About Author

Advertisement