शिक्षा संघ हायर सेकेण्डरी स्कूल फाइनलमा

IMG_20221103_211149.jpg

सन्त जोसेफ कलेज सेमिफाइनलमा

३ नोभेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित २३औं अभिषेक बरुवा मेमोरियल इण्टर स्कूल (बोइज) फूटबल टुर्नामेण्टमा शिक्षा संघ हायर सेकेण्डरी स्कूलले फाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा बिहीवार भएको पहिलो सेमिफाइनल म्याचमा शिक्षा संघ हायर सेकेण्डरी स्कूलले बेटेन हायर सेकेण्डरी स्कूललाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रतीक राईले २ अनि सफल प्रधानले १ गोल गरे। बेटेन हायर सेकेण्डरी स्कूलबाट रुपसांग तामाङ र दिपसेन राईले १-१ गोल गरे। यसरी नै १९औं फुलमाया पाख्रिन स्मृति महिला फूटबल टुर्नामेण्टमा सन्त जोसेफ कलेज सेमिफाइनलमा पुग्यो। आज भएको म्याचमा सन्त जोसेफ कलेजले शारदेश्वर हायर सेकेण्डरी स्कूललाई ६-०-ले पिट्यो। विजेता टीमबाट रक्षा प्रधानले ह्याट्रिक गरिन्। यसबाहेक अल्फोन्सा राई, भावना तामाङ र ग्रेसी गुरुङले १-१ गोल गरिन्। यी दुवै टुर्नामेण्टको फाइनल ७ नोभेम्बरमा हुनेछ।

About Author

Advertisement