शिक्षा विभाग जीटीएलाई हस्तान्तरण गरिएको हुनाले बंगला भाषा अनिवारिय जीटीए क्षेत्रमा लागु हुने छैन भन्ने आशा छ: राजेस चौहान

IMG-20230808-WA0281.jpg

सोनादा: जीटीएको प्राथमिक शिक्षा विभाग प्रभारी राजेश चौहानले जीटीए क्षेत्रका निजी अङ्ग्रेजी स्कूलहरूमा बंगला भाषालाई दोस्रो भाषाको रूपमा लागू नगर्न जीटीए प्रतिवद्ध रहेको बताएका छन्। यति मात्रै होइन, शिक्षा विभाग जीटीएमा हस्तान्तरण भएको कारण यसबारे आधिकारिक अधिसूचना आए पनि जीटीए क्षेत्रमा यसलाई लागू नगर्ने बताएका छन्। पश्चिम बंगालको क्याविनेटले अङ्ग्रेजी माध्यमका स्कूलहरूमा बंगाली भाषालाई दोस्रो भाषाको रूपमा लागू गर्ने एक प्रस्ताव पारित भएको जनाइएको छ। यसैमाथि चौहानले यस्तो मत व्यक्त गरेका हुन्। प्राथमिक शिक्षा विभागका प्रभारी राजेस चौहानले एक भिडियो जारी गर्दै यो विषयमा जीटीएको शिक्षा विभागलाई अाधिकारिक रूपमा पत्र नआएपनि मन्त्री परिषदले बंगला भाषा अनिवार्य गर्ने विषयमा जीटीए अलग रहने बताएका छन्। उनले जीटीएको सम्झौता २०११ को धारा २६ र उपधारा ५मा शिक्षा विभाग पूर्णरूपमा जीटीएमा पर्छ भने विभाग पनि हस्तान्तरण भएको विभाग हो भनी बताएका छन्। उनले यसबारेमा भने, हामी आश्वस्त र विशस्त छौं कि राज्यको अन्य जिल्लाहरूमा बंगला भाषा अनिवार्य गरिए पनि जीटीए क्षेत्रमा लागु हुने छैन भनी बताएका छन्।

About Author

Advertisement