सिक्किम शिक्षक सङ्घका पदाधिकारीहरूले भेटे राज्यपाल

IMG-20230908-WA0329.jpg

गान्तोकः अध्यक्ष कुञ्जाङ्ग शेर्पाको अगुवाइमा सिक्किम शिक्षक सङ्घको कार्यकारी सदस्यहरूले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई राजभवनमा शिष्टाचार भेट गरे। शिक्षकहरूसितको कुराकानीको क्रममा राज्यपालले शिक्षकहरू कुनै पनि समाज, राज्य र राष्ट्रको विकासको मूल आधार बताए। आफ्नो सम्बोधनको क्रममा राज्यपालले समाजको प्रगति र विकासको आधारशिलाको रुपमा शिक्षकहरूले निभाउने भूमिकालाई पनि रेखाङ्कित गरेका थिए।

शिक्षक सङ्घका पदाधिकारीहरूसितको कुराकानीमा राज्यपालले भारत सरकारको नयाँ शिक्षा नीतिमाथि पनि चर्चा गरे। यस अवसरमा सिक्किम शिक्षक सङ्घले प्रेमको चिन्हस्वरुप भगवान बुद्धको प्रतिमा राज्यपाललाई प्रदान गरे।

About Author

Advertisement