शिक्षक सम्मान कार्यक्रम

बिजनबारी: आज शिक्षक सम्मान कार्यक्रम विद्यासागर उच्चतर विद्यालय भवन बिजनबारीमा आयोजना गरियो। उक्त विद्यालयका ९७ सालका ६२ जना भूतपूर्व विद्यार्थीहरूको दलद्वारा आयोजित उक्त कार्यक्रममा विद्यालयका भूतपूर्व अनि वर्तमान शिक्षक शिक्षिकाहरूलाई सम्मान पत्र अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। विद्यालयका प्रधानाध्यापक अनिल थापाको अध्यक्षता तथा विवेक सुब्बाद्वारा उद्घोषित कार्यक्रममा शिक्षक चुडामणी छेत्री अनि पूर्व विद्यार्थी मनोज परियारले गीत प्रस्तुत गरे भने विद्यार्थीहरूले विविध नृत्यहरू प्रस्तुत गरे।

About Author

Advertisement