शिक्षक समुदायप्रति राज्यपालकाे हार्दिक बधाई एवं शुभकामना

photocollage_2022713224644376.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले शिक्षक दिवसको शुभ अवसरमा राज्यका शिक्षक समुदायप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, शिक्षक दिवस हरेक साल भारतका पूर्व राष्ट्रपति डा सर्वपल्ली राधाकृष्णनको जयन्तीको उपलक्ष्यमा पालन गरिन्छ। डा सर्वपल्ली राधाकृष्णन भारत रत्नले सम्मानित एक प्रचण्ड विद्वान, कुशल राजनयिक र आदर्श शिक्षक थिए। शिक्षाको क्षेत्रमा उनको योगदान अनुकरणिय छ।

उनले अझ भनेका छन्, शिक्षक हाम्रा समाजका मूल स्तम्भ हुन्। शिक्षकहरूले हाम्रा नानीहरूका जीवनमा असाधारण भूमिका निर्वाह गर्छन्। शिक्षकले नानाहरूलाई ज्ञान प्रदान गर्दै चरित्र निर्माण गरेर भविष्यलाई आकार दिन्छन्।

राज्यपालले सबै महान शिक्षकहरूलाई उनीहरूका उल्लेखनीय योगदानका लागि आभार एवं सम्मान प्रकट गर्दै एक सशक्त राष्ट्र निर्माणमा सहयोग प्रदान गरौं भनी आह्वान गरेका छन्।

About Author

Advertisement