कोलकाता: कोलकाता शिक्षक भर्ती भ्रष्टाचार मामिलामा प्रवर्तन निदेशालय (ईडी) ले तृणमूल कांग्रेसको राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीलाई फेरि समन जारी गरेको छ। सूत्रहरू अनुसार, उनलाई बिहिवार अर्थात ९ नोभेम्बरका दिन सीजीओ कम्प्लेक्समा बोलाइएको छ।
तृणमूलका महासचिवलाई मंगलवार आफ्नो जन्मदिनमा हास्दै जनसम्पर्क गरेको देखियो। तर, त्यसपछि उनलाई फेरि भर्ती भ्रष्टाचारको आरोपमा नोटिस पठाइयो। यस घटनालाई तृणमूलले राजनीतिक बद्लाको संज्ञा दिएको छ।
महिला एवं समाज कल्याण मन्त्री शशि पांजाले भने, नियुक्ति भ्रष्टाचार मामिलामा जब पनि अभिषेकलाई बोलाइयो, उनले जॉंचमा सहयोग गरेका छन्। तर, उनको जन्मदिनकै दिन फेरि पनि राजनीतिक बद्ला लिनका लागि बोलाइएको छ।
भाजपा नेता दिलीप घोषले प्रतिउत्तरमा भने, भर्तीमा भ्रष्टाचारको आरोपमा धेरै जनालाई समन जारी गरिॅंदैछ। यसमा के नयॉं छ र? कांग्रेसले कोही पनि कानूनभन्दा माथि नरहेको बताएको छ।









