शिक्षक नियुक्तिमा छानबीन हुनपर्ने बिमल गुरूङको माग

IMG-20250407-WA0243

दार्जलिङ: पहाडको कथित शिक्षक नियुक्ति घोटालामाथि पनि छानबीन हुनपर्ने गोजमुमो अध्यक्ष बिमल गुरूङले माग गरेका छन्। प्रावधानमुताबिक सेलेक्शन बोर्ड तथा एसएससी लागु नगरी पहाडमा शिक्षक नियुक्ति गरिनुलाई झन् भयानक घोटाला बताउँदै गोजमुमो अध्यक्ष बिमल गुरूङले अर्कोतिर राजनैतिक फाइदा बटुल्ने प्रयासको आारोप लगाउँदै जीटीए सभाद्वारा आयोजित टेट परीक्षाको वैधतामाथि प्रश्न खडा गरेका छन्। राज्यको लगभग २६ हजार शिक्षकहरको नियुक्तिसँगै २०१६ को एसएससी खारेज हुनुलाई गम्भीर विषय भनी बताउँदै उनले योग्य शिक्षकहरुको हितमा केन्द्रले हस्तक्षेप गर्नपर्ने मन्तव्य पोखे भने पहाडको शिक्षक नियुक्ति घोटालाबारे दलीय युवा मोर्चाले कार्यक्रम अघि बडाउने जानकारी गराएका छन्।

About Author

Advertisement