गान्तोक: सिक्किम अनि दार्जीलिङ जिल्लामा विद्या भारतीय अखिल भारतीय शिक्षा संस्थानद्वारा सञ्चालित विभिन्न विद्यालयहरूमा आज शिक्षक दिवस पालन गरियो। यस अवसरमा विद्यालयका शिक्षकहरूलाई सम्मान जनाइयो भने विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे।
अर्कोतिर, आगामी १० सेप्टेम्बरको दिन विद्या भारती सिक्किमको राज्य कार्यकारिणी समितिको बैठक राखिएको छ। तादोङस्थित विद्या भारतीको मुख्य कार्यालयमा आयोजन हुने उक्त बैठकमा राष्ट्रिय शिक्षा नीति २०२०, शिक्षा, भावी योजनाहरूमाथि चर्चा हुने जानकारी संयोजक मोहन शर्माले दिएका छन्।










