शिक्षक दिवसको अवसरमा स्टेट ब्यांकका कर्मचारीहरूद्वारा शिक्षकहरूलाई सम्मान

IMG-20220905-WA0158.jpg

खरसाङ: शिक्षक दिवसको अवसरमा भारतीय स्टेट ब्यांक खरसाङ शाखाको तर्फबाट शिक्षकहरूलाई सम्मान जनाइएको छ। भारतीय स्टेट ब्यांक खरसाङ शाखाको शाखा प्रबन्धक साङ्गे ज्याङमो शेर्पाको अगुवाईमा शिक्षकहरूलाई सम्मान गर्ने कार्य सम्पन्न गरिएको छ।

प्राप्त जानकारी अनुसार शिक्षक दिवसको अवसरमा भारतीय स्टेट ब्यांक खरसाङ शाखाको तर्फबाट पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक सन्तबहादुर प्रधान (सप्त सर) र खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बललाई उनीहरूकै घर घरमै गएर सम्मान जनाइने कार्य सम्पन्न गरिएको छ।

यस अवसरमा दुवैलाई सम्मानस्वरूप खदार्पणसहित शल ओढ़ाएर सम्मान गर्दै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। दुवैलाई समाजमा शिक्षाको माध्यमले दिइएको बहुमूल्य योगदानको लागि धन्यवादसहित घरमा पुगेर नै सम्मान गरिएको छ। यस दुवै विशिष्ट शिक्षकद्वयको घरमा भारतीय स्टेट ब्यांकको कर्मचारीहरू सामेल रहेका थिए भनी खरसाङ शाखाको डेपुटी प्रबन्धक वाङ्देन थिन्ले यल्मोले जानकारी गराएका छन्।

About Author

Advertisement