बीरपाडा: बीरपाडा नेपाली उच्च विद्यालय परिसरमा विश्व पर्यावरण दिवस पालन गरियो| मङ्गल माइती संस्थाद्वारा आयोजित कार्यक्रममा विद्यालय परिसर वरिपरि अमला,जामुन,कटहर, लसुने, लामपाते आदि प्रायः एक सय भन्दा अधिक विरूवाहरू रोपियो | वृक्षरोपण कार्यक्रम बीच दिर्घ समयदेखि शिक्षा क्षेत्र, सामाजिक क्षेत्रमा योगदान पुर्याएवापत् बीरपाडा नेपाली उच्च विद्यालयका भारप्राप्त शिक्षक अनुपकुमार शर्मालाई मङ्गल माइतीद्वारा सम्मान जनाइयो | मङ्गल माइतीका अध्यक्ष राजु प्रधान साथै सचिव सबिन थापाको बाहुलीबाट खदा अनि सम्वर्द्धना पत्र प्रदान गरियो|









