शिक्षकहरूलाई लिएर दुई दिवसीय प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20230801-WA0340.jpg

सोरेङः सोरेङ जिल्ला अन्तर्गत एसआरसी र सल्लाहकारको रूपमा छनौट भएकाहरूलाई लिएर दुई दिवसीय प्रशिक्षण कार्यक्रम आयोजन गरियो। हिजोदेखि शुरू भएको दुई दिवसीय प्रशिक्षण कार्यक्रम आज समापन भयो। सोरेङ उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित कार्यक्रममा मुख्य अतिथिकोरूपमा सीईयो केबी छेत्री रहेका थिए। यसैगरी, स्रोतवक्ताको रूपमा राजीब फिलिप, जेसिन्थ जोडो, कुलदीप शर्मा र धिराज छेत्री रहेका थिए।

यस दुई दिवसीय प्रशिक्षण सत्रमा स्रोतवक्ताहरूले छनौट गरिएका कूल ३४ जना शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरे। प्रशिक्षणको निम्ति सोरेङ जिल्लाबाट प्रशिक्षार्थी शिक्षकहरूलाई ब्लक र क्लस्टर अनुसार छनौट गरिएको छ। संख्याको आधारभूत अवधारणा बुझ्न र आधारभूत संख्यात्मक समस्याहरू समाधान गर्न कूल ३४ शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरियो।

About Author

Advertisement