शारीरिक सम्बन्ध बनाएपछि प्रेमी बेपत्ता, विवाहको माग गर्दै धर्नामा बसे युपीकी युवती

SAVE_20221012_164333.jpg

माल्दा: उत्तर प्रदेशकी एकजना युवती पश्चिम बङ्गालको माल्दामा बिहेको माग गर्दै प्रेमीको घर अगाडि धर्नामा बसेकी छन्। धर्नामा बसेकी युवती बेहुलाको पहिरन लिएर उत्तर प्रदेशबाट माल्दा आएकी छन्। हरिश्चन्द्रपुर–१ ब्लकको महेन्द्रपुर ग्राम पञ्चायतको बांगरुवा गाउँमा बुधबार भएको घटनापछि त्यहाँ हलचल मच्चिएको छ। बालिका आज बिहानैदेखि धर्नामा बसेको बताइएको छ। यो घटनापछि इलाकामा हलचल मच्चिएको छ ।स्थानीय स्रोतका अनुसार विवाहको मागमा धर्नामा बसेकी युवतीको घर उत्तर प्रदेश रहेको छ। तीन वर्षअघि बालिका हजुरआमाको घर गएको समय शेख मोजिफुलका छोरा इब्राहिम अलीसँग प्रेम भयो। यसै क्रममा दुवैको सहमतिमा शारीरिक सम्बन्ध पनि बनेको थियो। अब मुद्दा यो छ कि उनको प्रेमी उनीसँग विवाह गर्न तयार छैनन्! यही कारण युपीबाट यहाँ आएर बिहेको माग गर्दै भावी श्रीमानको घर अगाडि धर्नामा बसेकी छन्।

About Author

Advertisement