शांतनु ब्यानर्जीसँग शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा फेरि सोधपुछ

कोलकाता: तापस मण्डलको नजिक मानिने शांतनु ब्यानर्जीसँग पश्चिम बंगालको शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा बिहीवारपछि शुक्रवार पनि प्रवर्तन निदेशालय (ईडी) ले सोधपुछ गरेको छ। ईडी सूत्रहरू अनुसार, शांतनु केन्द्रिय जाँच एजेन्सीको कार्यालयमा छन्। उनीसँग सोधपुछ चलिरहेको छ। यस अघि बिहीवार पनि उनीसँग अबेर राति ११ बजीसम्म सोधपुछ गरिएको थियो। त्यसपछि, फेरि शुक्रवार बिहान पनि उनलाई बोलाइएको छ।
उल्लेखनीय छ, तापस मण्डलले शांतनु ब्यानर्जीले कुंतलसँग मिलेर लगभग २९ करोड़ रूपियाँ ती परीक्षार्थीहरूबाट लिएको दाबी गरेका छन्, जसलाई नियुक्ति गरिनु पर्ने थियो। यसपछि, ईडीले उनलाई सोधपुछको निम्ति बोलाएको थियो।

About Author

Advertisement