अलिपुरद्वार: कालचिनी ब्लकका विभिन्न भागबाट तृणमूल कार्यकर्ता र समर्थकहरू कोलकाताको लागि प्रस्थान गरे। तृणमूलका कार्यकर्ता र समर्थकहरू जो बुधबार विभिन्न रेलहरूबाट कोलकाता प्रस्थान गरेका छन्। जुलाई २१ मा कोलकाताको धर्मतल्लामा हुने कार्यक्रममा सहभागी हुन जाँदैछन्।

अलिपुरद्वार जंक्शनबाट विशेष ट्रेन चलाइएको छ धेरै कार्यकर्ता र समर्थकहरू त्यो रेलमा कोलकाता जाँदैछन्। तृणमूल समर्थकहरू बुधबार दिउँसो ह्यामिल्टनगञ्ज रेलवे स्टेशनबाट कञ्चनकन्या ट्रेनमा कोलकाताका लागि प्रस्थान गरेका थिए।









