शहीद दिवसलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभा

IMG-20220718-WA0136.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको एक सभा समष्टीको सभापति रबीन सुब्बाको अध्यक्षतामा तीनधारेमा सम्पन्न भएको छ। उक्त सभामा आगामी २७ जुलाईको दिन तीनधारे महानदी समष्टिमा पालन गरिने शहीद दिवस विषयमा चर्चा परिचर्चा गरिएको छ। यसै सभामा नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिमा शहीद दिवस पालन गर्नलाई कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभपति रबीन सुब्बा, सचिव रबि सुब्बा, कोषाध्यक्ष केवल राई र सीबी राई, प्रचार प्रसार सचिवमा अनिल राई र भगवती प्रधान, प्रमुख सल्लाहकारमा राजीव थापा, सञ्जीव मंगर, राजु लामा, राजु छेत्री, अनिल तामाङ, सञ्जीव लामा, राजेस थापा आदि चयन भएका छन्। सभाको निर्णय अनुसार तीनधारे महानदी समष्टिमा गत वर्ष झैं यस वर्ष पनि तीन स्थानहरू क्रमैले महानदी, घैयाबारी र तीनधारेमा शहीद दिवस पालन गर्दै शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरिने भएको छ। यस विषयमा विस्तृत रुपमा जानकारी गराउँदै राजेश थापाले यसपालीको २७ जुलाईको शहीद दिवस कार्यक्रम महानदीमा बिहान ९ बजे, घैयाबारीमा १० बजे र तीनधारेमा ११ बजेदेखि पालन गरिने जानकारी गराएका छन्। उनले आजको सभामा तीनधारे महानदी समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरू लगायत पार्टीको कार्यकर्ताहरू र विभिन्न भातृ संगठनहरूका प्रतनिधिहरू उपस्थित रहेको बताएका छन्।

About Author

Advertisement