शहीद दिवसको पूर्व सन्ध्यामा…गजल

Shahid-Bedi-1-1

शहीद दिवसको पूर्व सन्ध्यामा

यो गजल हजुरहरूलाई…

भन्छु आफैलाई किन बिवादमा अल्झिनु

मन र दिमाग किन  यादमा अल्झिनु।

यहाँ हरेकलाई क्रान्तिले पेट पाल्न सक्तैन

जुलुस आश्वासनको किन मियादमा अल्झिनु।

के भो कतिको चुराफुटे कतिले बलिदान दिए

शहिद दिवस मात्र मान्ने स्वादमा अल्झिनु।

हेरौ विकाशको लत बसेको छ शहरलाई

छ साथ तिम्रो ममता आर्शिवादमा अल्झिनु।

बाटो त्यो एउटै हो जन्ती मलामी जुलुसको

बरू बनाई सुन्दर बाटो धन्यवादमा अल्झिनु।

(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)

About Author

Advertisement