शहीदहरुलाई श्रद्धाञ्जली साथै गोर्खा विरोधी नाराको प्रतिवाद

IMG-20220705-WA0191.jpg

कालचिनी: आज जयगाउँ एक नम्बर अञ्चल अन्तर्गत मङ्गलबारेस्थित गोर्खा भवनमा गोजमुमोद्वारा मणिपुरको पैह्रोमा शहीद भएका भारतीय सेनाका जवानहरूको स्मृतिमा शोकसभा पालन गरिएको थियो। यसै कार्यक्रम पश्चात आज गोजमुमो सदस्यहरूले शहीदहरूलाई अन्तिम संस्कारको निम्ति सैनिक सम्मानको साथ घर ल्याईरहेको क्रममा सिलगढीमा आमरा बङ्गालीले गोर्खा विदेशी हो भन्ने नारा लगाउनु निन्दनीय घटना भएको जनाएका छन्।
एकातिर देशभक्त गोर्खाहरूले कहिले सिमानामा त कहिले प्राक्रतिक आपदामा ज्यान गुमाउन परिरहेको छ ठीक यतिखेर उग्र जातिवादी बङ्गाली संगठनले यस्तो प्रकारको गतिविधि गर्नु अशान्ति गर्न खोजेको गोजमुमो केन्द्रिय सदस्य मदन लामा, अमृता राई राजेश बराईली आदिले जनाएका छन्।

About Author

Advertisement