शहीदको नामसित जोडेकोमा भूतपूर्व सैनिक कल्याण संगठन र शहीदको पिताद्वारा घोर भर्त्सना

IMG-20250108-WA0232

सोनादा: केही दिन अघि वैदेशिक रोजगारको लागि लैजाने भनेर ठगीको आरोपमा पक्रा परेका महिलालाई शहीदको नामसित जोडेकोमा शहीदको पिता साथै भूतपूर्व सैनिक कल्याण संगठन पचेङ शाखाको तर्फबाट भर्त्सना जनाइएको छ। यस विषयमा आज पत्रकार सम्मेलन बोलाएर भूतपूर्व सैनिक कल्याण संगठन पचेङ शाखाको तर्फबाट पक्राउ गरिएको महिलाको नाम शहीदको नामसित जोडेकोमा घोर भर्त्सना जनाएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भूतपूर्व सैनिक कल्याण संगठनको तर्फबाट माईकल गुरुङले शहीदको नाममा समाचारहरु जुन नाम आउँदैछ त्यसको हामी घोर भर्त्सना बनाउँछौं भनी बताएका छन्। उनले शहीदका पिता हाम्रो संगठनको सदस्य हुन् भन्दै १९९९ सालमा कारगिल युध्दमा पहाडबाट पहिलो शहीद हुने व्यक्ति रहेको र लगभग दुई वर्षपछि उक्त महिलाको विवाह अरुसित नै भएको र नयाँ जीवन शुरुवात् गरिसकेको तर अहिले शहीदसित नाम किन जोडिएको भनी प्रश्न गरेका छन्। उनले २४ वर्षपछि फेरि शहीदको नामसित जोडेकोमा भूतपूर्व सैनिक कल्याण संगठनको तर्फबाट घोर भर्त्सना जनाउँछौँ भनी बताएका छन्। यसको साथै भूतपूर्व सैनिक कल्याण संगठनको सभापति एलबी राईले पनि यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भने, आरोपीको नाम शहीदको नामसित जोडेकोमा दु:ख लागेको बताउँदै कारगिल युध्दमा शहीद बनेका शहीदसित नाम जोडेर सामाजिक सञ्जालमा समाचार आएकोमा हामी घोर भर्त्सना जनाउँछौँ भनी बताएका छन्। उनले यस विषयमा हामी जिल्ला सैनिक बोर्डमा जानकारी गराउनेछौं भनी बताएका छन्। यसको साथै शहीदको पिताले पनि यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै शहीदको नाम जोडिएकोमा‌ दु:खी छु भनी बताएका छन्‌। उनले महिला‌ किन पक्रा पर त्यो याद छैन तर शहीदको नामसित जोडेकोमा भने घोर भर्त्सना जनाउँछौँ भनी बताएका छन्। उनले अब उसो यस समाचारमा शहीदको नाम नजोडिदिने अनुरोध पनि गरेका छन्।

About Author

Advertisement