शहीदको कुनै राजनैतिक  दल र झण्डा हुँदैन: एलबी राई

L-B-Rai

मिरिक: कोलकाता भ्रमणपछि मिरिक आइपुगेका हिल्स तृणमूल कंग्रेस  चेयरम्यान  एलबी राईले कोलकाता भ्रमण सफल रहेको बताएका छन्। उनले आइतबार मिरिकमा संचारकर्मीहरूसित भ्रमण बारे चर्चा गर्दै सर्वप्रथम  शहीद दिवस कार्यक्रममा  सहभागी बनेर शहीदहरूलाई श्रद्धाञ्जली  अर्पण गरिएको अनि मन्त्री अरूप विश्वाससित भेट गरेर विभिन्न विषयमा चर्चा भएको बताए। उनले विशेषगरि मन्त्री अरूप विश्वाससित विकास सम्बन्धि  चर्चा भएको अनि उनीबाट सकरात्क आश्वसन पाएको जानकारी  गराँउदै पहाडमा जीटीए सभाको बोर्ड गठन भएपछि जीटीए मार्फत नै विकासको कार्य गरिने बताए। राईले जीटीए प्रमुख कार्यापाल अनित थापासित सभामा बसेर कतिपय विकास कार्यबारे चर्चा गरिने बताउँदै भने, ‘अब पहाड विकासको मार्गमा अग्रसर बन्नेछ। हामीले मिरिकको विकासमा धेरै योजनाहरू तयार पारेका छौंl यस विषयमा जीटीए प्रमुख कार्यापाल अनित थापासित बसेर चर्चा गर्नेछौंl अब हामी मिलेर पहाडलाई विकासको मार्गमा अघि बढाउनेछौंl’ उनले सौरेनी समष्टिका सभासद अरूण सिग्ची जीटीएका कार्यकारी सभासद भएकोमा बधाई जनाएl  जीटीए प्रमुख कार्यापाल अनित थापाले तृणमूल कंग्रेसको टिकटबाट चुनाव जित्ने सभासदहरूलाई पनि क्षेत्र विभागहरूको दायित्व प्रदान गरेकोमा आभार प्रकट गरे। एलबी राईले  उनले भने, ‘अब हामी सबै मिलेर मिरिकको पर्यटन उद्योगलाई विकसित गर्नेछौं। पिउने पानीको समस्या समधान गर्नेछौं। रोजगार,शिक्षा, स्वास्थ्यलगायत जनताको मूलभूत  समस्या समधानको लागि कार्य गर्नेछौंl’ उनले भाजपाका विधायक बीपी बजगाँईको बयानलाई खण्डन गर्दै भने, ‘शहीदको कुनै राजनैतिक  दल र झण्डा हुँदैन। हामीले प्रत्येक वर्ष पहाडमा २७ जुलाईमा शहीद दिवस पालन गरेर शहीदहरूलाई श्रद्धाञ्जली  अर्पण गर्ने कार्य गरिरहेका छौं अनि यस वर्ष पनि शहीद दिवस पालन गरिनेछl’

About Author

Advertisement