नयाँ दिल्ली: एनसीपी अध्यक्ष शरद पवारको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि मुम्बई ब्रिज क्यान्डी अस्पतालमा भर्ना गरिएको छ। अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। यसैबीच, एनसीपीले ४ र ५ तारीख शिरडीमा हुने पार्टीको महाधिवेशनमा शरद पवार सहभागी हुने जानकारी दिएको छ।









