कालेबुङ: दार्जीलिङको नेपाली साहित्यमा भूतका कथाहरू बिरलै लेखेका होलान्। कथाकार शमसेर अलीले यस दिशातर्फ उनको छैटौं कथा संग्रहमा अबुईमा आफ्नो कलम चलाएका छन्। चरित्र प्रोडक्सनद्वारा प्रकासित यो कथा खुबै रोचक बनेको छ अनि चार दिशा अहिले चर्चामा छ। कालेबुङ केन्द्रित उनका भूतका कथाहरू खुबै भयवाह, रोचक र तथ्यपरक छन्। कालेबुङ एउटा भुतिया घर जहाँ मानिसहरूले भूतले तर्साएको कुरा गर्छन्। भूतले तर्साएको व्यक्तिहरूसँग सम्पर्क गरेर कालेबुंगको संक्षिप्त इतिहास सितै एउटा कथा संगालो बनाउन सक्षम बनेका छन् शमसेर अलि।

भूतमाथि पटक्क विश्वास नराख्ने कथाकार शमशेर अलि भन्छन् आफूले कहिल्यै भूत नदेखेको अनि विश्वास पनि नरहेका बताउँछन्। समाजमा धेरै यस्ता मानिसहरू छन् जसले भूतलाई विश्वास गर्छन् र मान्छन् पनि। भूत भगाउने, भूत लाउने अन्धो परम्परा हाम्रो समाजमा यथावत छ। यसैले यस्ता मान्छेहरूको खोजबिन गरेर केही तथ्यपरक कुराहरु अलीले आफ्नो कथा संग्रह ‘अबुई ‘मा पस्केका छन्। ४ मईको दिन कालेबुङ, अतिशा रोड स्थित स्थानीय अनुष्ठान हलमा अलीको यो छैंटो कृती विधिवत विमोचन गरियो। मुख्य अतिथिको रुपमा श्रीमती जेकब सेन, जुब्ली स्कुलका भूतपूर्व प्रध्यापक जे बी राई, प्रवक्ता दिनेश पौड्याल, राज छेत्री, साहित्यकार हिरा छेत्री सर्जक मुन्नु गौतम, कवि टिका भाई , समाज सेविका अनिता भुसाल र धेरै साहित्यिक अनुरागीहरुको उपस्थिति थियो। उपचारको क्रममा सर्जक शमसेर अलि कोलकता रहेकोले कार्यक्रममा उपस्थित थिएन। कार्यक्रममा आइदिन हुने सम्पुर्ण महानुभव र उनका प्यारा पाठकहरूलाई फोन मार्फत उनीहरुको उपस्थितिको निम्ति धन्यबाद टक्र्याए। विशेष चरित्र प्रोडक्सनका सम्पूर्ण कार्यकर्ता एवं सयोंजक हिरा छेत्रीप्रति आभार प्रकट गरे।










