शब्द समयले मनायो विश्व कविता दिवस

IMG-20260323-WA0056

सालबारी: शब्द समय सालबारीले विश्व कविता दिवस पालन गरेको छ। सलाबारीको जयशोदा भवनमा पालन गरेको यो विश्व कविता दिवस कार्यक्रममा वरिष्ठ कवि मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, कवि एवं समालोचक प्रा. डा सञ्जय बान्तवा लगायत कविहरू क्रमैले जीतबहादुर सुनार, प्रणय शङ्कर, निर्मल सिन्चुरी, मणिका प्रधान गुरुङ, रोमा छेत्री, पूर्ण मगर, प्रदीप शेर्पा, भाष्कर शर्मा मैनाली, भूमिका राई, श्रवणकुमार प्रधान आदिले कविता वाचन गरेका थिए। शब्द समयका संयोजक निर्मल सिन्चुरीले सञ्चालन गरेका यस कार्यक्रममा लेखक आई. एन. शर्मा पनि उपस्थित थिए। उल्लेखनीय छ, शब्दका खेतीमा जीवन खिप्ती गर्दै आइरहेका साहित्यकारहरूका ‘शब्द समागम’ शब्द समयले प्रतिवर्ष विश्व कविता दिवस पालन गर्दै आइरहेको छ।

About Author

Advertisement