शब्द समयको १४९औँ प्रकरण सम्पन्न

IMG-20251228-WA0088

सालबारी: शब्द समय सालबारीको १४९औँ प्रकरण सालबारीमा सम्पन्न भयो। कार्यक्रमको शुभारम्भ डा. सञ्जय बान्तवाको सारगर्भित वक्तव्य र कविता पाठद्वारा भयो। रचनापाठको क्रममा कालूसिंह रनपहेंली, लीलबहादुर सोनार, अम्बर सुब्बा, मोनिका प्रधान, कविता भट्टराई अधिकारी, योगिता राई, बुनु शर्मा, भूमिका राई, प्रदीप शेर्पा, भाष्कर मैनाली शर्मा, नरबहादुर छेत्री, कृष्ण प्रधान ‘अर्पण’ले कविता पाठ गरेर सुनाए भने मणिकुमार प्रधान, शरण ‘शरद’ले लघुकथा पढेर सुनाए। यसै क्रममा बिर्ख खड्का डुवर्सेलीले वक्तव्य राखेका थिए। अन्त्यमा सभा-सञ्चालक जीत सुनारले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा टंक शर्मा, मोहन ठकुरी, निर्मल सिञ्चुरी, डा. हेमन्त काफ्ले, आईएन शर्मा, पूर्ण मंगरको पनि गरिमामय उपस्थिति थियो। अन्त्यमा, कवि ज्ञानेन्द्र खतिवडाले समापन वक्तव्य राखेर धन्यवाद ज्ञापन गर्दै सभा समाप्तिको घोषणा गरेका थिए।

About Author

Advertisement