आज शनिवार, मान्यता अनुसार शनिवारलाई भगवान शनिदेवको दिन मान्ने गरिन्छ। शास्त्रका अनुसार शनिदेव न्यायका देवता पनि हुन्। शनिदेवलाई खुसि पार्न अत्यन्तै गाह्रो छ। उनलाई खुसि बनाउन सकिएन भने राजालाई रंक र रंकलाई राजा समेत बनाउन सक्छन। यदि सफा मनले शनिदेवको ध्यान गरेमा शनिदेव छिट्टै नै प्रसन्न हुने पनि विभिन्न धार्मिक शास्त्रहरुमा उल्लेख गरिएको छ।
शनिदेव प्रसन्न भएमा जीवनका हरेक दुख कष्ट अन्त्य हुनेछ। मान्यता अनुसार शनिवारको दिन यस मन्त्रको जप गर्नाले शनिदेवलाई खुसि पार्न सकिन्छ।
शनिदेवको तान्त्रिक मन्त्र: ऊँ प्रां प्रीं प्रौं सः शनये नमः
शनि देवको वैदिक मंत्र- ऊँ शन्नो देवीरभिष्टडआपो भवन्तुपीतये
शनि देवको एकाक्षरी मंत्र- ऊँ शं शनैश्चाराय नमः
शनि देवको गायत्री मंत्र- ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात्











