शङ्कर नेपाली उच्च माध्यमिक विद्यालयमा भानु स्मरण दिवस

8d72c091-8a01-4252-a9e7-e88b0d81bec3

कालचिनीः चुनाउको ड्युटी र झरीको प्रकोपले ढिलाएको भानुजयन्तीलाई भानुस्मरण दिवसको रूपमा विद्यालयले भव्यताका साथ् बुधबार पालन गऱ्यो। शुरूमा भानु प्रतिकृतिमा माल्यार्पण र दीप प्रज्वलन गरेपछि भानु वन्दना र रामायण पाठ भिन्न भिन्न श्रेणीका विद्यार्थीहरूले प्रस्तुत गरेका थिए। रामायण पाठ, कविता पाठसँगै गीत र लोकनृत्यहरू विद्यार्थीवर्गले प्रस्तुत गरे कार्यक्रममा विद्यालयका शिक्षक अबीर खालिङलाई सम्वर्द्धना पनि जनाइयो।
उल्लेखनीय छ, गत ४ जुलाईको दिन उनलाई गान्तोकमा डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कारद्वारा सम्मानित गरिएको थियो।
शिक्षक अभिजित सार्कीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक श्याम प्रधान, सुरज उपाध्याय, दीप लामा, अबीर खालिङले विद्यार्थीवर्गलाई भानुको महिमा, भाषाको महत्व आदिबारे आ-आफ्नो सम्वोधनमा बताएका थिए।

About Author

Advertisement