व्हाइट हल निर्माण कार्यमा जुटेका दुई श्रमिकको मृत्यु

IMG-20241209-WA0127

गान्तोक: राजधानीस्थित व्हाइट हल परिसरमा निर्माण कार्यमा जुटेका दुई जना श्रमिकको मृत्यु भएको पुलिसले जानकारी गराएको छ। उक्त घटना हिजो साँझ ५ बजीतिर घटेको बताइएको छ। विशेष गरेर निर्माण कार्य अन्तर्गत माटो झरेपछि माटोले पुरिएको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा जलपाईगढी जिल्ला अन्तर्गत टेकाटुली निवासी सुब्रा देवदास (२९) र उत्तर दिनाजपुर जिल्लाको धनताला निवासी विश्वजित विश्वास रहेको पुलिसले बताएको छ। घटनापछि पुलिसले शवलाई उद्दार गरेर पोस्टमार्टमको निम्ति एसटीएनएम अस्पताल पुऱ्याएको छ भने यस घटनालाई लिएर पुलिसले १९४ बीएएसएस अन्तर्गत मुद्दा दर्ता गर्दै छानबीनमा जुटेको छ।

About Author

Advertisement