व्यङ्ग्यकार प्रसात राई अम्बटेको दशौँ पुण्यतिथि पालन

Parsat-Rai-Ambotay

खरसाङ: अम्बटे चियाबारी निवासी ब्यंगकार परसात राई अम्बटेको दशौँ पुण्यतिथि वरिष्ठ नागरिक कल्याण संगठनको आयोजनामा पाँचघरे सार्वजनिक भवनमा सम्पन्न भयो। साहित्यकार के0 पुर्कुटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा साहित्यकार कालुसिंह रणपहेंली, पण्डित तुलसी प्रसाद अधिकारी, बाल साहित्य आकादमी पुरस्कार प्रापक सुदर्शन अम्बटे, वरिष्ठ नागरिक कल्याण संगठनका संरक्षक भूपाल राई आदि उपस्थित थिए। स्थानीय श्री सत्य साई बाल विकासका विद्यार्थीहरूको भजनबाट शुरू गरिएको कार्यक्रममा मुख्य एवं प्रमुख अतिथिहरूको बाहुलीबाट दिवंगत प्रसात राई अम्बटेको तस्वीरमा धूप-दीप प्रज्ज्वलन तथा खदा माला अर्पण गरियो। फुर्बा लामा अनि सबीना गिरीद्वारा संचालित कार्यक्रममा वरिष्ठ नागरिक कल्याण संगठनका सचिव निलम कुमार गिरीले स्वागत सम्बोधन राखे भने ब्यंगकार प्रसात राईको परिचय साहित्यकार सुदर्शन अम्बटेले राखे। कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका साहित्यकार, कवि, लेखकहरूले कविता, गीत, कथा, लेख आदि प्रस्तुत गरे भने उपस्थित अथितिहरूले आ-आफ्नो विचार राख्दै आजको कार्यक्रमले साच्चै प्रसात राईलाई साँचो श्रद्धाञ्जली पुगेको बताए। कार्यक्रममा संगठनको पक्षबाट प्रसात राईकी धर्मपत्नी निर्मला राईलाई शाल ओड़ाएर अनि सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा स्थानीय कलाकारहरूले नृत्यहरू पनि प्रस्तुत गरे।

About Author

Advertisement