व्यक्तिगत विकास होइन तर सामुहिक विकासको लागि रोड म्याप तयार पार्नेछौं: एनबी खवास

IMG-20220623-WA0161.jpg

सोनादा: जीटीए चुनावको लागि रंगबुल धोतरिया रंगमुक समष्टिबाट हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले पत्रकार सम्मेलन बोलाएर आफ्नो चुनावी प्रचार विषयमा जानकारी गराएका छन्। उनले आफुले गत ७ जूनदेखि लगातार रुपमा पैदल नै विभिन्न गाउँहरूमा पुगेको र हरेक गाउँ घरतिर पुगेर चुनाव प्रचार गर्दा जनताको इच्छा बुझ्दा सबैले व्यक्तिगत विकास होइन तर सामुहिक विकास चाहेको थाहा लागेको बताउँदै यस क्षेत्रको सामुहिक विकासको लागि सबै संघ संस्थाहरू र युवावर्ग अनि अन्यहरूसित बसेर विकासको रोड म्याप तयार पार्ने बताए। एनबी खवासले चुनाव प्रचारके समय महिलाहरूले राज्य सरकारबाट पाएको लक्ष्मी भण्डारको पैसाको कारण आभार प्रकट गरेको र छोडिएकाहरूको पनि छिट्टै बनाउने बताएका छन्। त्यसरी नै स्वास्थ्य साथी कार्डमार्फत् धेरैले लाभ उठाएको बताउँदै राज्यबाट पाएको अन्य सहुलियतहरूले गर्दा पनि मानिसहरू धेरै खुशी भएको बताएका छन्। एनबी खवासले धोतरिया चियाबारी खोलिदिने अनुरोध सबैले गरेको कारणले हाम्रो प्रथम प्रयास मै धोतरिया चियाबारी खोलाउनु रहेको बताएका छन्। त्यसरी नै ग्रामीण क्षेत्रका विभिन्न समस्याहरू विषयमा पञ्चायत चुनाव हुनुपर्छ भन्ने जनताको मांग रहेको पाइएको र रंगबुलस्थित आलुबारी फार्म अहिले मरेतुल्य रहेको त्यसलाई कसरी हुन्छ पुनर्जिवित पार्ने योजना रहेको र यसबाट धेरै रोजगारहरू खोलिने बताएका छन्।

About Author

Advertisement