झापा: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई पुलिसले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धीखर्क नगरपालिका-७ घर भई काठमाडौं डिल्लीबजार बस्ने ३१ वर्षीय दिलिप कुमार पाण्डे र गोरखा शहिद लखन गाउँपालिका-९ घर भई काठमाडौं सामाखुशी बस्ने ३३ वर्षीय रामेश्वर काप्री रहेका छन्।
पक्राउमध्ये दिलिपले पोल्याण्ड पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ र रामेश्वरले कतार पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको पुलिसले दिलिपलाई काठमाडौं नयाँ बानेश्वर र रामेश्वरलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।











