वेष्ट इण्डिजविरुद्ध ९ विकेटले विजयी दक्षिण अफ्रिका

IMG-20260227-WA0000

अहमदाबाद: दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्व कपको सुपर ८ को एकतर्फी म्याचमा वेष्ट इण्डिजलाई ९ विकेटले पराजित गरी सेमिफाइनलको दिशामा कदम बढ़ायो। नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनायो। त्यसपछि दक्षिण अफ्रिकाले १६.१ ओभरमै एक विकेट गुमाएर १७७ रनको लक्ष्यलाई हासिल गर्यो। दक्षिण अफ्रिकाका कप्तान मार्करमलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले ४६ बलमा ७ वटा चौका र ४ वटा छक्काको सहायताले अविजित ८२ रन बनाए। म्याचमा पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले आक्रामक ब्याटिंग गर्ने प्रयासमा लगातार विकेट गुमायो अनि एक समय स्कोर ८३ रनमा ७ विकेट रहेको थियो। त्यसपछि रोमारियो शेफर्ड र जेसन होल्डरले आठौं विकेटको निम्ति ८९ रनको पार्टनरशीप गरी वेष्ट इण्डिजलाई सम्हाले। नवौं नम्बरमा ओर्लिने शेफर्डले अविजित ५२ रन बनाए। शेफर्डले ३७ बल खेलेर ४ वटा छक्का र ३ वटा चौका लगाए। यसरी होल्डरले ३१ बलमा ४ चारवटा चौका र ३ तीनवटा छक्काको साथ ४९ रन बनाए। यसबाहेक ब्रेण्डन किंगले २१ र कप्तान होपले १६ रनको योगदान दिए। दक्षिण अफ्रिकी बलरहरूमा लुंगी एनगिडीले सर्वाधिक ३ विकेट हासिल गरे। त्यसपछि दक्षिण अफ्रिकालाई एडेन मार्करम र क्विण्टन डी ककको ओपनिंग जोड़ीले असल शुरुवात दिलायो। मार्करम र डी ककले मिलेर पहिलो विकेटको निम्ति ४८ बलमै ९५ रनको पार्टनरशीप गरे। डी ककले ४ वटा चौका र ४ वटा छक्काको साथ २४ बलमा ४७ रन बनाए। डी कक आउट भएपछि मार्करमले रेयान रिकेल्टनसँग मिलेर टीमलाई जीत दिलाए। मार्करम र रिकेल्टनले मिलेर दोस्रो विकेटको निम्ति ५० बलमा ८२ रनको अटूट पार्टनरशीप गरे। रिकेल्टनले ४ चारवटा चौका र २ वटा छक्काको साथ २८ बलमा अविजित ४५ रन बनाए।

About Author

Advertisement