वेष्ट इण्डिजमा भारतीय टीमको अग्नीपरीक्षा हुने

IMG-20230711-WA0191.jpg

११ जुलाईः भारतीय क्रिकेट टीमले गत चारवटा वेष्ट इण्डिज यात्रामा टेस्ट सीरीज जितेको थियो। भारतले यी यात्राहरूमा टेस्ट सीरीज जित्नको साथ-साथै वेष्ट इण्डिज विरुद्ध एउटा टेस्ट पनि हारेन। हालै वनडे वर्ल्ड कप क्वालीफायरबाट चाँड़ै बाहिर भएपछि वेष्ट इण्डिजको टीमलाई कमजोर बताइएको छ तर टेस्ट क्रिकेटमा चाहिँ परिस्थिति अलग रहेको छ। वेष्ट इण्डिजले गत तीनवटा घरेलु टेस्ट सीरीजमा पाकिस्तान विरुद्ध ड्र खेल्नको साथै ईंग्ल्याण्ड र बंग्लादेशलाई पराजित गरेको छ। यसैकारण भारतीय टीमले टेस्ट प्रारूपमा क्यारेबियन टीमलाई हल्का रूपमा लिन सक्दैन। यसैकारण १२ जुलाईदेखि शुरु हुने पहिलो टेस्ट म्याचमा भारतले कठोर परीक्षाको सामना गर्नु पर्नेछ।
यसपाली वेष्ट इण्डिज यात्रामा जाने भारतीय टीम सामान्य युवा र अनुभवहीन छ। भारतको १६ सदस्यीय टीममा केवल तीनजनासँग यसअघि क्यारेबियन माटोमा खेल्ने अनुभव रहेको छ। ब्याटिंगको कुरा गर्दा भारतीय टीममा आठजना विशेषज्ञ ब्याटर रहेका छन्, जसमा केवल रोहित शर्मा, विराट कोहली र अजिंक्य रहाणेले मात्र यसअघि वेष्ट इण्डिजमा खेलेका थिए। यसैकारण यी तीनजनामाथि अतिरिक्त जिम्मेवारी रहनेछ। यी तीनजनाले मिलेर क्यारेबियन धरतीमा जम्मा १७ वटा टेस्ट म्याच खेलेका छन्।
भारतीय ब्याटिंगका दुई दिग्गज कप्तान रोहित र कोहलीको वेष्ट इण्डिजमा प्रदर्शन ख्याति अनुरुप रहेको छैन। रोहितले वेष्ट इण्डिजमा केवल दुईवटा टेस्ट म्याच खेलेर २५-को औसतले रन बनाएका छन्। यसरी कोहलीले नौवटा टेस्टमा केवल ३५.६१-को औसतले रन बनाएका छन्। कोहलीले वेष्ट इण्डिजमा एउटा दोहोरो शतक पनि बनाएका थिए। त्यस ईनिंग्सलाई छोड़ेर कोहलीले रहल १२ वटा ईनिंग्समा केवल दुईपल्ट ५०-को आँकड़ा पार गरेका छन्। चाखलाग्दो कुरा के छ भने वेष्ट इण्डिजमा यी दुई दिग्गजको तुलनामा टीममा सामेल अफ् स्पिनर रविचन्द्रन अश्विनको औसत धेरै राम्रो रहेको छ। अश्विनले वेष्ट इण्डिजमा ५८.७५-को औसतले रन बनाएका छन्। ढल्दो उमेरले गर्दा रोहित र विराटको करियरको यो अन्तिम टेस्ट टूर हुन सक्छ। कम्तीमा पनि क्यारेबियन धरतीमा आफ्नो क्षमता साबित गर्नको निम्ति दुवैसँग यो सम्भवतः अन्तिम मौका हुनेछ।
वेष्ट इण्डिज यात्रामा जाने भारतीय पेस आक्रमण अनुभवहीन छ। सबै पेसर्सको आँकड़ालाई जोड़्दा पनि सबैले मिलेर जम्मा ८८ वटा टेस्ट म्याच खेलेका छन्। यसमा सर्वाधिक ५२ वटा टेस्ट म्याच मोहम्मद सिराजले खेलेका छन्। बलिंगमा अश्विनको भूमिका महत्त्वपूर्ण रहनेछ, जो २०१०- पछि वेष्ट इण्डिजमा तेस्रो सर्वाधिक विकेट लिने भारतीय बलर हुन्। अश्विनले सातवटा टेस्टमा १७ विकेट हासिल गरेका छन्।
टीम इण्डियामा फर्किने अजिंक्य रहाणेले वेष्ट इण्डिजमा खेलेको ६ वटा टेस्ट म्याचमा सयभन्दा अधिकको औसतले रन बनाएका छन् तर अहिले परिस्थिति अलग रहेको छ कारण यस यात्रामा प्रदर्शनको आधारमा उनको टेस्ट करियर तय हुनेछ। धेरैजना युवा खेलाड़ी अहिले टेस्ट टीममा स्थान बनाउने प्रतीक्षामा रहेका छन्। यस्तो स्थितिमा एउटा खराब यात्राले रहाणेलाई फेरि टीमबाट बाहिर गर्न सक्नेछ। रहाणेले आफ्नो ८३ वटा टेस्ट म्याचमा ४९ वटा विदेशमा खेलेका छन् अऩि ४०.२८-को औसतले ३२२३ रन बनाएका छन्। उनको १२ वटा शतकमा आठवटा विदेशी धरतीमै बनिएको छ।

About Author

Advertisement