वेलनेस पार्कको मुख्यमन्त्री तामाङले भोलि उद्घाटन गर्ने

IMG-20240217-WA0165.jpg

गान्तोक: राजधानीको मुटु मानिने एमजी मार्ग नजिक निर्माण गरिएको वेलनेस पार्कको उद्घाटन भोलि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गर्ने भएको छ। लगभग १४ करोडको लागतमा निर्माण गरिएको यो पार्क गान्तोकवासीको निम्ति अति नै उपयोगी हुने गान्तोक नगरपालिकाका मेयर निल बहादुर छेत्रीले जानकारी गराएका छन्।

यद्यपि भोलि यसको उद्घाटन गरिने भए तापनि सर्वसाधरणको निम्ति भने पन्ध्र दिनपछि मात्र खोलिने उनको भनाइ रहेको छ। यस पार्कमा वृद्धदेखि साना नानीहरूको निम्ति पनि खेल्ने कुराको प्रबन्धन गरिएको छ। यसको निर्माणमा सम्वन्धित निकायका अभियन्ताहरू रहेको र उनीहरूको डिजाइन अनुसार यो पार्कको निर्माण गरिएको हो। गान्तोकबासीको निम्ति अहिलेसम्म छेउछाउमा कुनै पार्क थिएन् तर अब यहाँका मानिसहरूले बिहान साथै बेलुकी यस पार्कमा आएर स्वास्थ्य लाभ लिन सक्नेछन्। यहाँ जिम लगायत स्वास्थ्यको निम्ति चाहिने सबैकुराको प्रवन्ध गरिएको उनले अवगत गराए।

About Author

Advertisement