दार्जिलिङ: फिल्म ‘शान्ति’ मार्फत सर्बियामा आयोजित कुस्तेन्डोर्फ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ मा पुरस्कार जितेका चलचित्र निर्देशक विवेक राई आफ्नो बहुप्रतीक्षित वेब शृङ्खला ‘वेलकम टु दार्जिलिङ हिल्स’ को ट्रेलर सार्वजनिक गर्न तयारीमा छन्। उनले उक्त ट्रेलर यही २८ मार्चमा दार्जिलिङस्थित डनहिल पब तथा रेस्टुरेन्टमा सार्वजनिक गरिने जानकारी दिए।
यो वेब शृङ्खलाले शक्ति, राजनीति र मानवीय स्वभावका अँध्यारा पाटाहरूलाई गहिराइका साथ प्रस्तुत गर्ने विवेकले बताए। उनले भने यसले दर्शकलाई रोचक कथा र यथार्थपरक प्रस्तुतिमार्फत नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।
निर्देशक राईको यस नयाँ प्रस्तुतीलाई लिएर दर्शकमाझ उत्सुकता बढ्दो छ।










