वेब सिरिज: सबैलाई प्रतीक्षा मनोज बाजपेयीको ‘फ्यामिली म्यान सिजन ३’

00-Family-Man

मनोज बाजपेयीको वेब सिरिज ‘द फ्यामिली म्यान’ एउटा यस्तो शो हो जसले ओटीटीमा दर्शकहरूमाझ धेरै चर्चा सिर्जना गरेको छ। यस शोको अर्को शृङ्खला ‘द फ्यामिली म्यान ३’ को लागि मानिसहरु उत्सुकताका साथ पर्खिरहेका थिए र अब शोको रिलिज मिति अगाडि आएको छ। मनोज बाजपेयीले इन्स्टाग्राम र ट्विटरमा एक भिडियो शेयर गर्दै ‘द फ्यामिली म्यान ३’ को आगमनको खुसीको खबर दिएका छन्। सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै मनोज कुमारले भनेका छन्, ‘हेल्लो हेल्लो नमस्ते, धेरै समय भयो… हैन? मेरो कुरा ध्यान दिएर सुन। यो होली, म मेरो परिवारको साथ तपाईंको परिवारको लागि आउँदैछु, सम्पर्कमा रहनुहोस्l’ यो भिडियो शेयर गर्दै उनले लेखेका छन्, ‘परिवारसँग आउँदैछु, स्वागत गर्नुहुन्न?’

मनोज बाजपेयीको यो भिडियो हेरेर मानिसहरूले धेरै मायाको वर्षा गरिरहेका छन् र शोको तेस्रो सिजनको उत्सुकताका साथ प्रतीक्षा गरिरहेको बताएका छन्। एक प्रयोगकर्ताले भने, ‘वाउ वाउ वाउ, अन्ततः फ्यामिली म्यान-३l’ एक प्रयोगकर्ताले लेखेका छन्- ‘स्वागत बा, आइल जाव’। अर्कोले भन्यो– ‘प्रतीक्षा छ सर’। एक फ्यानले भने- ‘आउनुहोस् तपाईको प्रतीक्षामा थिएँ’। सन् २०१९ मा निर्माता राज निदिमोरु र कृष्णा डीकेको वेब सिरिज ‘द फ्यामिली म्यान’ ले हलचल मच्चाएको थियो। दर्शकले मन पराएका शोका दुवै सिजनमा दर्शकले अथाह माया दिएका छन् भने अब तेस्रो सिजनमा पनि त्यही मायाको अपेक्षा गरिएको छ।

About Author

Advertisement